Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

स्याङ्जामा कैद र जरिवाना भुक्तान गर्न बाँकी तीन जना फरार कसूरदार पक्राउ


स्याङ्जा, मंसिर १ गते ।
सम्मानित अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार कसूरदारहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सञ्चालन गरेको विशेष अपरेसन सफल भएको छ। मङ्सिर ०१ गते खटिएको टोलीले तीन फरार व्यक्तिलाई नियन्त्रणमा लिई अदालतमा उपस्थित गराएको हो।

प्रहरीका अनुसार, न्यायिक कारवाहीलाई प्रभावकारी बनाउँदै सुरक्षित र न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको अपरेसन अंतर्गत पक्राउ परेका व्यक्तिहरूको विवरण :


पक्राउ परेका कसूरदारहरूको विवरण

१. भुवनेश्वर गौतम (४० वर्ष)

  • ठेगाना: पुतलीबजार नगरपालिका–१३, स्याङ्जा
  • मुद्दा: सार्वजनिक अपराध
  • जरिवाना: रु. ५,०००
  • स्थिति: लगत कट्टा

२. डुलबहादुर गुरुङ

  • ठेगाना: पुतलीबजार नगरपालिका–१०, स्याङ्जा
  • मुद्दा: वन सम्बन्धी अपराध
  • जरिवाना: रु. ५,०००
  • स्थिति: लगत कट्टा

३. डोरबहादुर कार्की

  • ठेगाना: पुतलीबजार नगरपालिका–७, स्याङ्जा
  • मुद्दा: नकवजनी चोरी
  • जरिवाना: रु. ४,३६,७२५
  • स्थिति: लगत कट्टा


पक्राउ परेका तीनै जनालाई कैद तथा जरिवाना असुलका लागि स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी कार्यालयले आगामी दिनमा पनि अदालतबाट जारी भएका फैसला कार्यान्वयनमा कुनै कसर बाँकी नराखिने प्रतिवद्धता व्यक्त गरेको छ।



Top Post Ad

post bottom ads

Ads Bottom