Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

कतार पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठगी, सम्सी गाउँपालिका–५ का ४४ वर्षीय आनन्द कुमार प्रहरीको नियन्त्रणमा


मङ्सिर १ गते   ।

वैदेशिक रोजगारीका लागि आकर्षक तलबको लोभ देखाउँदै कतार पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक व्यक्तिलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्ति काठमाडौं महानगरपालिका–३ बस्ने, मूलतः महोत्तरीको सम्सी गाउँपालिका–५ निवासी ४४ वर्षीय आनन्द कुमार साह रहेका छन्।

प्रहरीका अनुसार साहले वैदेशिक रोजगारीका नाममा एक व्यक्तिबाट १० लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेपछि पीडितले उजुरी दर्ता गराएका थिए। उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–७ क्षेत्रबाट पक्राउ गरेको हो।

साहलाई थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom