बुधबार बोलेरो दुर्घटनामा परी घाइते हुनुभएको श्रेष्ठको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको उहाँले जानकारी दिनुभयो । छिम्केश्वरी धार्मिक पर्यटकीय क्षेत्रबाट आँबुखैरेनीतर्फ आउँदै गरेको से १ च ६५१ नम्बरको बोलेरो जीप चालकले अचानक नियन्त्रण गुमाउँदा गाडी सडकबाट तल पल्टिएका कारण दुर्घटना भएको सूचना अधिकारी बिकले बताउनुभयो । उहाँका अनुसार बोलेरोमा सवार ११ जनामध्ये पाँच जना सकुशल छन् ।
घाइते हुनेमा चितवन ईच्छाकामना–२ की २० वर्षीया दोमाया गुरुङ, सोही स्थानका २६ वर्षीय जितबहादुर गुरुङ, १६ वर्षीया भावना गुरुङ, २५ वर्षीय अचित गुरुङ तथा कालिका नगरपालिका–८ की ३४ वर्षीया सरस्वती गुरुङ रहेका छन् । घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।






