Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

बारेकोटमा लागेको मेलामा गोली चल्दा एकजना घाइते


मङ्सिर ४ गते। जाजरकोटको बारेकोट गाउँपालिका–६ मा लाग्ने परम्परागत कार्कीज्युला मेलामा मंगलबारेमा गोली लागेर एकजना घाइते भएका छन्। 


मेलामा स्थानीय टेकेन्द्र नेपालीले गोली चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 


जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीरकुमार खड्काले घटनामा बारेकोट–७ का ३४ वर्षीय यमबहादुर सिंह घाइते भएको जानकारी दिनुभयो। स्थानीयले तत्काल उद्धार गरी नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि पठाइएका थिए। अहिले घाइतेको नेपालगंजस्थित न्यूरो अस्पतालमा  उपचार भइरहेको छ। 


जाजरकोटका प्रहरी प्रमुख डिएसपी बसन्तकुमार शर्माका अनुसार प्रहरीले गोली प्रहार गरेको आरोपमा टेकेन्द्र नेपाली वारेकोट ६ टाँसीस्थित आफ्नै घरबाट पक्राउ गरिएको छ। घटनाको अनुसन्धान भइरहेको शर्माको भनाइ छ।

Top Post Ad

post bottom ads

Ads Bottom