Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगमा हालसम्म ६१ वटा दल दर्ता


मङ्सिर ९, आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा हालसम्म ६१ वटा दल दर्ता भएका छन् ।


आयोगमा दर्ता भएकामध्ये ६१ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको आयोगले जनाएको छ । हालसम्म आयोगमा दर्ता कायम भएका दलको संख्या भने १ सय ३२ पुगेको छ । दल दर्ता गर्ने समय मंसीर १० गते सम्म रहेको छ ।


निर्वाचनमा अधिकतम दलको सहभागीता सुनिश्चित गर्नका लागि आयोगले दल दर्तालाई प्राथमिकता दिएर काम गरिरहेको आयोगले जनाएको छ । यसैबीच निर्वाचनको घोषणा भएपछि मंसिर ५ गतेसम्म ८ लाख ३७ हजार जनाले नयाँ मतदाताका लागि निवेदन दिएका छन् ।


प्राप्त भएका निवेदन उपर रुजू गरिसकेपछि फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाहरुको मतदाता नामावली प्रकाशित गरिनेछ । प्रकाशित भएको नामावलीमा कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गते सच्चाउन सकिनेछ । विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom