Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

म्यान्मारबाट १४ नेपालीको उद्धार, भिजिट भिसामा पुगेर मानव तस्करीमा फस्ने घटनाहरू बढ्दै



कात्तिक २० गते — म्यान्मारमा अवैधानिक रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रमा काम गर्न लगाइएका १४ नेपाली नागरिकलाई नेपाल सरकारले उद्धार गरी स्वदेश फर्काएको छ ।

परराष्ट्र मन्त्रालयको पहलमा उद्धार गरिएका ती नेपालीलाई थाइल्यान्डको बैङ्ककस्थित नेपाली दूतावासमार्फत बुधबार नेपाल एयरलाइन्सको उडानबाट नेपाल पठाइएको दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार, विभिन्न प्रलोभनमा पारी म्यान्मारको म्यावडी क्षेत्रमा अवैद्य रूपमा सञ्चालन गरिएका अनलाइन ठगी (स्क्यामिङ) धन्दामा लगाइएका ती नेपालीको उद्धार गरिएको हो । यसअघि पनि यस्तै कार्यमा फसाइएका केही नेपालीको उद्धार गरिएको थियो ।

दूतावासका अनुसार उद्धार गरिएका व्यक्तिहरूलाई म्यान्मारको म्यावडीबाट थाइल्यान्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै बैङ्कक पु¥याइएको थियो ।

यसै क्रममा, अझै ११ जना नेपाली नागरिक म्यान्मारमा फसेका र तिनीहरूलाई समेत छिट्टै उद्धार गरी नेपाल फर्काउने कार्य अघि बढाइएको दूतावासले जनाएको छ ।

गत महिनायता मात्रै म्यान्मारको म्यावडी क्षेत्रमा अवैद्य रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्रबाट ३८ जना नेपालीसहित करिब २८ मुलुकका २ हजारभन्दा बढी विदेशी नागरिक फसाइएका पाइएको छ ।

नेपाल सरकार र दूतावासले सम्बन्धित देशका अधिकारीहरूसँग निरन्तर समन्वय गरी बाँकी नेपालीहरूको उद्धारका लागि पहल गरिरहेको जनाएको छ ।

दूतावासले रोजगारीका नाममा छिटो पैसा कमाउने लोभमा परेर म्यान्मार, थाइल्यान्ड, कम्बोडिया, लाओसजस्ता देशमा नजान सबै नेपालीलाई सचेत गराएको छ । साथै, वैदेशिक रोजगारीका लागि नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र विदेश जानुहोस् भन्ने आग्रहसमेत गरिएको छ ।

थाइल्यान्ड भिजिट भिसामा पुगेर मानव तस्करीमा फस्ने घटनाहरू बढ्दै गएकाले सरकारले विदेश जाने क्रममा प्रलोभनमा नपरी सावधानी अपनाउन विशेष ध्यान दिनु आवश्यक रहेको चेतावनी पनि दिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom