Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा चोरीका स्कुटरसहित पाँच जना पक्राउ


कात्तिक १८ गते, पोखरा — हालै विभिन्न मिति र स्थानबाट चोरी भएका मोटरसाइकल तथा स्कुटरको खोजतलासका क्रममा प्रहरीले पाँच जनालाई चोरीका सवारीसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले चोरीका ग ९ प ८७६१ र ग १५ प ५२३७ नम्बरका स्कुटरसहित चार जना अभियुक्तलाई नियन्त्रणमा लिएको हो। त्यस्तै, वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले ग ४ प ७६८४ नम्बरको चोरी भएको स्कुटरसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूमा —
१. पोखरा–३३ का २१ वर्षीय शेरबहादुर पुन मगर,
२. पोखरा–५ का २५ वर्षीय अजय नेपाली,
३. पोखरा–१० का २१ वर्षीय सुशिल गुरुङ,
४. पोखरा–११ का २० वर्षीय सुदीप परियार, र
५. पोखरा–१३ काँहुँखोला निवासी २७ वर्षीय रोशन परियार रहेका छन्।

प्रहरीका अनुसार, पक्राउ परेकामाथि सवारी चोरीमा संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ र थप अनुसन्धान कार्य अगाडि बढाइँदैछ।

Top Post Ad

post bottom ads

Ads Bottom