Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

अमेरिकाबाट निष्कासित भई थप ४ नेपाली स्वदेश फर्किए



मङ्सिर ३, अमेरिकाबाट निष्कासित भई थप ४ नेपाली स्वदेश फर्किएका छन् । मंगलबार १८:२३ बजे एयर इन्डिया AI 219 को दिल्ली- काठमाडौं उडानमार्फत उनीहरू स्वदेश फर्किएका हुन् ।


नेपाल फर्किनेहरुमा जीवन खत्री (बाग्लुङ), ऋषि कटिला (कास्की), झलक बुढामगर (रोल्पा), सुजन कुमार बुढामगर (दाङ)रहेका छन्।


राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै अमेरिकाले अवैध आप्रवासीहरूलाई धमाधम निष्काशन गरिरहेको छ । यसअघि पनि राष्ट्रपति ट्रम्पको आदेशमा थुप्रै नेपाली निष्कासनमा परेका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom