Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चरिरहेको चौँरीले पछाडिबाट आक्रमण गर्दा एक जना पर्यटक घाइते

 

कात्तिक १७ गते, ताप्लेजुङ — कञ्चनजङ्घा क्षेत्र भ्रमणमा रहेका एक स्विस नागरिक चौँरीको आक्रमणबाट घाइते भएका छन्।

फक्ताङलुङ गाउँपालिका–६ स्थित फलेबाट घुन्सातर्फ जाँदै गर्दा चरिरहेको चौँरीले पछाडिबाट आक्रमण गर्दा स्विट्जरल्याण्डका नागरिक रोनाल्ड क्रिस्टोन घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो।

घाइते क्रिस्टोन हाल घुन्सास्थित स्वास्थ्य चौकीमा उपचाररत छन्। थप उपचारका लागि उनलाई हेलिकोप्टरमार्फत बाहिर लैजाने तयारी भइरहेको र हेलिकोप्टर आज नै पुग्ने तयारी रहेको प्रहरी प्रमुख गौतमले बताउनुभयो।

प्रहरीका अनुसार क्रिस्टोन कञ्चनजङ्घा क्षेत्रको पदयात्राका क्रममा ताप्लेजुङ आएका थिए।

Top Post Ad

post bottom ads

Ads Bottom