Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सुनको मूल्यमा एकैदिन रु ५ हजार ९०० को वृद्धि, चाँदी पनि महँगियो





कात्तिक २७ गते।
बुधबारको तुलनामा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु ५,९०० ले बढेर रु २ लाख ५० हजार २०० पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा रु १७० ले वृद्धि भई आज रु ३ हजार ३४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार सुनको मूल्य रु २ लाख ४४ हजार ३०० र चाँदीको मूल्य रु ३ हजार १७५ रहेको थियो।

हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको वृद्धिसँगै नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको व्यवसायीहरूले बताएका छन्।



Top Post Ad

post bottom ads

Ads Bottom