दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग २३ प ९५४२ नम्बरको मोटरसाइकल दिउँसो करिब ३ः३५ बजे अनियन्त्रित भई सडकमा दुर्घटना भएको थियो।
दुर्घटनामा व्यास नगरपालिका–१ भादगाउँका १९ वर्षीय जगत बाँचे मगर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
मोटरसाइकल चालक २० वर्षीय निजिन मल्ल घाइते भई सोही अस्पतालमा उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकले जानकारी दिनुभयो।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।






