मङ्सिर २२ गते । तनहुँ कारागारबाट फरार भएका एक कैदी स्याङ्जामा पक्राउ परेका छन्। गत २०८२ भदौ २४ गते Gen-Z आन्दोलनको क्रममा कारागार कार्यालय तनहुँबाट फरार भएका कैदीलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको अपरेसन टोलीले नियन्त्रणमा लिन सफल भएको हो।
प्रहरीका अनुसार पक्राउ परेका कैदी स्याङ्जा पुतलीबजार नगरपालिका–९ निवासी २६ वर्षीय ईश्वर परियार (ईश्वर दर्जी) हुन्। उनी ज्यानसम्बन्धी कसूरमा सजाय काटिरहेको अवस्थामा फरार भएका थिए।
उक्त व्यक्तिलाई मङ्सिर २२ गते आफ्नै घरबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि कारागार कार्यालय स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले फरार कैदी पक्राउलाई महत्वपूर्ण सफलताका रूपमा लिएको छ।






