Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

हङ्कङमा दशकौँयताकै भीषण आगलागी : मृतक सङ्ख्या १६० पुग्यो



मङ्सिर २३ गते । हङकङमा हालै भएको आवासीय भवन आगलागीमा मृत्यु हुनेको सङ्ख्या १६० पुगेको छ । प्रहरीले मंगलबार एक थप शवको पहिचान भएपछि मृतकको संख्या अद्यावधिक गरेको हो । उक्त घटनामा अझै ६ जना बेपत्ता रहेको अधिकारीहरूले जनाएका छन्।

गत महिनाको अन्त्यतिर आवासीय भवनमा लागेको आगो १९८० यताकै विश्वकै सबैभन्दा घातक आवासीय आगलागी मानिएको छ। प्रभावित भवनहरूमा खोजतलास सम्पन्न भएपछि अधिकारीहरूले अघिल्लो हप्ता १५९ जनाको मृत्यु भएको पुष्टि गरेका थिए।

प्रहरी आयुक्त जो चाउका अनुसार, पहिल्यै सङ्कलित एक अवशेषमा थप परीक्षण गर्दा त्यहाँ दुई व्यक्तिका अवशेष फेला परेपछि मृतक सङ्ख्या १६० पुगेको हो। अहिले सम्म १२० जनाको पहिचान डीएनए तथा फिङ्गरप्रिन्ट परीक्षणमार्फत भइसकेको छ।

आगो भवनको बाहिरी भागमा रहेको बाँसको संरचना मार्फत तीव्र रूपमा फैलिएको बताइएको छ। क्याजुअल्टी इन्क्वायरी युनिट प्रमुख त्साङ शुक–यिनका अनुसार ६ जना अझै बेपत्ता छन् र खोज तथा पहिचान कार्य जारी छ।

हङकङका प्रमुख कार्यकारी जोन लीले यस घटनाबारे विस्तृत छानबिनका लागि न्यायाधीशको नेतृत्वमा ‘स्वतन्त्र समिति’ गठन गर्ने घोषणा गरेका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom