Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

सिटी सफारी चालकमाथी गोली प्रहार गरि ज्यान लिने सात जना दुई महिनापछि पक्राउ

मङ्सिर २२ गते । सुनसरीको रामधुनी नगरपालिकामा गत असोज २५ गते सिटी सफारी चालक दिनेशकुमार चौधरीको हत्या प्रकरणमा संलग्न सात जनालाई करिब दुई महिनापछि प्रहरीले पक्राउ गरेको छ। रामधुनी–२ स्थित शिवनगर–झुम्का नहर किनारमा चौधरीलाई योजनाबद्ध रूपमा गोली प्रहार गरी हत्या गरिएको थियो।

प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार पक्राउ परेकामध्ये झुम्काका ४३ वर्षीय राजकिशोर साह, ४० वर्षीय नन्दकिशोर साह, सप्तरीका अंकित साह, प्रिन्सकुमार दास, मोहमद इब्रान मियाँ, गियास मन्सुरी र मिथलेश यादव रहेका छन्। परिवारका सदस्यहरूमा तान्त्रमन्त्र गरेको आशङ्कामा राजकिशोर र नन्दकिशोरले योजना बनाई अन्य व्यक्तिसँग रकम लेनदेन गरी हत्या गराएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

घटनास्थलको प्राविधिक अध्ययन, परिवार तथा स्थानीयको बयानका आधारमा अनुसन्धान अघि बढाइएकाे थियो। प्रारम्भिक बयानमा अभियुक्तहरूले घटनामा संलग्नता स्वीकार गरेको प्रहरीको दाबी छ।

सातैजनालाई सुनसरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा १२ दिनको म्याद थप गरी थप अनुसन्धान जारी राखिएको प्रहरी कार्यालयले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom