Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश



विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। आइतबार न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अधिकारीलाई थुनामा पठाउने निर्णय गरेको हो। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अधिकारीसँगै अनुसन्धानका क्रममा हिरासतमा रहेका क्यानका निर्देशक मुरारी भण्डारीलाई भने ५ लाख रुपैयाँ धरौटीमा रिहाइ गर्न आदेश दिइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलिञ्चोकमा हेलिपोर्ट निर्माणका क्रममा १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै क्यानका महानिर्देशक अधिकारी, निर्देशक भण्डारीसहित पाँच जना विरुद्ध मंसिर १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। दायर मुद्दामा अधिकारी र भण्डारी अनुसन्धानका लागि अख्तियारको नियन्त्रणमा रहेका थिए।

Top Post Ad

post bottom ads

Ads Bottom