Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

घरबाटै लागुऔषध कारोबार ?, पोखरामा ३१ ग्राम ब्राउनसुगरसहित ५ जना पक्राउ


पोखरा, मङ्सिर २१ गते ।

जिल्ला कास्कीमा लागू औषध नियन्त्रणका लागि गरिएको संयुक्त अभियानअन्तर्गत ३१.८ ग्राम ब्राउनसुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय शिशुवा तथा लागू औषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूमाथि कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएकाे प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मंसिर १९ गते पोखरा महानगरपालिका–३१ बेगनास बस्ने ३० वर्षीय मिलन क्षेत्रीको साथबाट १.८ ग्राम ब्राउनसुगर बरामद गरिएको थियो। प्रारम्भिक अनुसन्धानमा सो घटनामा संलग्नता देखिएपछि बेगनासताल–३० बस्ने २१ वर्षीय अतित थापालाई समेत प्रहरीले पक्राउ गर्‍यो।

त्यसैदिन दिउँसो रिठेपानीस्थित हसन भण्डारी (२३) को घरमा लुकाइछिपाइ राखिएको ११ ग्राम ब्राउनसुगर बरामद गरिएको छ। अनुसन्धानका क्रममा मादी गाउँपालिका–३ निवासी हाल शिशुवा बस्ने ३९ वर्षीय उदिप गुरुङ पनि घटनामा संलग्न रहेको पुष्टि भएपछि उनलाई समेत पक्राउ गरिएको प्रहरीले बताएको छ।

यस्तै, पोखरा–२६ जलधारे बस्ने ४३ वर्षीय बिक्की परियारको साथबाट साँझतिर १९ ग्राम ब्राउनसुगर, डिजिटल मापन मेसिन र एक थान मोबाइल बरामद गरिएको छ। तीनै घटनाबाट बरामद लागू औषधको तौल डिजिटल तराजुमा नाप्दा जम्मा ३१.८ ग्राम पुगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई लागू औषध सम्बन्धी कसूरअन्तर्गत आवश्यक अनुसन्धान जारी छ।

Top Post Ad

post bottom ads

Ads Bottom