Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन तयारीका लागि सर्वपक्षीय बैठक आह्वान


मङ्सिर १८ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनसम्बन्धी तयारी र समन्वयबारे व्यापक छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेकी छन्। शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सबै सम्बद्ध पक्षलाई सहभागी हुन आग्रह गरिएको उनको सचिवालयले जनाएको छ।

आगामी माघ ११ गते राष्ट्रिय सभा र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको सन्दर्भमा निर्वाचन तयारीको प्रगति, सम्भावित चुनौती तथा आवश्यक समन्वयबारे प्रत्यक्ष संवाद गर्न बैठक बोलाइएको हो।

सर्वपक्षीय छलफलमा प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधि, निर्वाचन आयोगका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, तथा सरकारका उच्च अधिकारीहरूको सहभागिता रहने छ।

निर्वाचन तयारी विषयमा प्रधानमन्त्री कार्कीले यस्तो खालको उच्चस्तरीय सर्वपक्षीय बैठक पहिलोपटक आह्वान गरेकी हुन्।

Top Post Ad

post bottom ads

Ads Bottom