Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

नक्कली सुन देखाई पाँच लाख रुपैयाँ ठगी गर्ने गिरोहका चार जना पक्राउ

 

काठमाडौं । सुनजस्तै देखिने नक्कली धातुको डल्लो देखाएर सर्वसाधारणलाई झुक्याई पाँच लाख रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। ठगीमा संलग्न व्यक्तिहरूलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको हो।

आर्थिक वर्ष ०८२/०८३ अन्तर्गत जारी प्रेस विज्ञप्ति नम्बर ०९–०९ अनुसार, पुस ८ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५, थली क्षेत्रमा सुनजस्तो देखिने धातुको डल्लो देखाई दुई जना व्यक्तिबाट नगद रु. ५,००,००० (पाँच लाख रुपैयाँ) लिई फरार भएका व्यक्तिहरूको खोजतलास भइरहेको थियो। सोही क्रममा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–६, चुच्चेपाटी क्षेत्रबाट चार जनालाई पक्राउ गर्न सफल भएको हो।

पक्राउ पर्नेहरूमा मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३ घर भई हाल ललितपुर महानगरपालिका–नख्खु बस्ने ४५ वर्षीय सुकुमान सिंह ब्लोन, सोही जिल्लाको अर्को ठेगाना भई पाटन–८ बस्ने ४८ वर्षीय राजेन्द्र तामाङ, मकवानपुर बकैया गाउँपालिका–११ घर भई हाल ललितपुर महानगरपालिका–लगनखेल बस्ने ५३ वर्षीय बिर बहादुर तामाङ उर्फ बिवासित स्याङ्गतान तथा नवलपरासी देवचुली नगरपालिका–१७ घर भई हाल ललितपुरको एकान्तकुना बस्ने ४२ वर्षीय जित बहादुर तामाङ रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले नक्कली सुन देखाएर वास्तविक सुन हो भन्ने भ्रम सिर्जना गरी पीडितहरूबाट ठूलो रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेकाहरूमाथि ठगी कसुरमा म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनामा प्रयोग गरिएको नक्कली धातु, ठगीको तरिका तथा यस किसिमका अपराधमा अन्य व्यक्तिहरूको संलग्नता भए/नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

Top Post Ad

post bottom ads

Ads Bottom