Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

अनलाइन जागीरमार्फत रकम कमाउन सकिन्छ भनेर २७ लाख ठगी, दुई जना पक्राउ

फाइल  तस्विर 


गुल्मी — अनलाइनमार्फत सजिलै आम्दानी गर्न सकिने भन्दै विभिन्न प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका–३, हाडहाडे निवासी २९ वर्षीया एक महिलाबाट २६ लाख ९६ हजार ६ सय ५२ रुपैयाँ ठगी गरेको आरोपमा बिरगञ्ज उपमहानगरपालिका–२१ बस्ने २६ वर्षीय श्रवणकुमार पटेल लाई काठमाडौँबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारु का अनुसार पीडित महिलालाई अनलाइन जागिरमार्फत राम्रो आम्दानी हुने आश्वासन दिई विभिन्न बहानामा रकम असुली गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

त्यसैगरी सोही प्रकृतिको ठगी घटनामा संलग्न रहेको आरोपमा कैलालीको लम्कीचुहा नगरपालिका–६ निवासी ४७ वर्षीय विष्णुबहादुर रावल लाई पनि काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सारुले जानकारी दिनुभयो।

प्रहरीले अनलाइनमार्फत आकर्षक आम्दानीको प्रलोभन देखाउने यस्ता गतिविधिबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom