Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

दार्चुला केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प

म‌ङ्सिर २१ गते, दार्चुला — अपिहिमाल गाउँपालिकाको घुसा आसपास केन्द्रबिन्दु बनाएर आज बिहान ८:२८ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाका अनुसार भूकम्पको असर दार्चुला, बैतडीसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।

सामान्य धक्का महसुस भए पनि अहिलेसम्म कुनै क्षतिको जानकारी प्राप्त भएको छैन। प्रदेशका नागरिकहरूलाई सतर्क रहन अनुरोध गरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom