मोरङको लेटाङ–२ की १३ वर्षीया अंशु गौतमको हत्यामा संलग्न रहेको अभियोगमा उनको छिमेकी ५५ वर्षीय पदमबहादुर अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। असोज २१ साँझ घर नजिकैदेखि बेपत्ता भएकी अंशु १८ दिनपछि बेलबारी चिसाङ वन क्षेत्रभित्र मृत अवस्थामा फेला परेपछि प्रहरीले गम्भीर अनुसन्धान अघि बढाएको थियो।
डीएनए परीक्षणबाट शव अंशुकै भएको पुष्टि भएपछि मोरङ प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोसहितको टोलीले लामो खोज अनुसन्धान गर्दै घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको हो। प्रहरी आज बिहान ११ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारीमा छ।






