Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण: पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टचार मुद्दा


मंसिर २१ गते ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्व मन्त्री स्व. पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपक चन्द्र अमात्य र तत्कालीन अर्थमन्त्री रामशरण महतसहित ५५ जनामाथि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार उनीहरूविरुद्ध आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरिएको हो।

आयोगले संस्कृति मन्त्रालयका तत्कालीन सचिव सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, अर्थ मन्त्रालयका तत्कालीन सचिव सुमन प्रसाद शर्मा, कानुन मन्त्रालयका पूर्व सचिव भेषराज शर्मा, सह–सचिव रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, लोकबहादुर खत्री, मनरुप शाही, ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरिङ शेर्पा, सुरेश आचार्य र मदन खरेलमाथि पनि मुद्दा दायर भएको जानकारी दिएको छ।

यस्तै, भन्सार विभागका तत्कालीन महानिर्देशक तथा नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका सदस्य मुक्तिनारायण पौडेल, प्राधिकरणका तत्कालीन महानिर्देशक रतिश चन्द्रलाल सुमन, उप–महानिर्देशक सुमन कुमार श्रेष्ठ, हरिबहादुर खड्का, रोशन चित्रकार, ऋषिकेश शर्मा, नारायण गिरी, महेश कुमार बस्नेत, बाबुराम पौडेल, मुरारी भण्डारी, सुवर्णराज उपाध्याय, प्रताप बाबु तिवारी र रुद्रप्रसाद फुयालमाथि पनि आरोपपत्र दर्ता गरिएको छ।

सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमिल्सिना, इन्जिनियर डा. पुरुषोत्तम डंगोल, पूर्व निर्देशक विनोदानन्द चौधरी, प्राधिकरणका तत्कालीन निर्देशक मुकुन्दप्रसाद भण्डारी, प्रबन्धक गंगासागर मान श्रेष्ठ, उपप्रबन्धक तथा हालका महानिर्देशक प्रदीप अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका तत्कालीन प्राध्यापक डा. रविन्द्रनाथ श्रेष्ठ, उप–प्राध्यापक सूर्य ज्ञवाली, सन्तोषकुमार श्रेष्ठ, उपनिर्देशक डा. पुण्यराज शाक्य, वरिष्ठ कानुन अधिकृत द्वारिकाप्रसाद भट्टराई र प्रबन्धक कुलप्रसाद सिंखडामाथि पनि मुद्दा दायर भएको छ।

त्यस्तै, अर्थ मन्त्रालयका तत्कालीन उपसचिव लालबहादुर खत्री, कमलकुमार भट्टराई, प्रेम उपाध्याय, स्व. पोष्टबहादुर बोगटीकी श्रीमती राममाया बोगटी, उपनिर्देशक ध्रुवदास भोछिभोयाको हकवाला यमुना देवी श्रेष्ठ, चाइनाको सीएएमसी इन्जिनियरिङ कर्पोरेसन लिमिटेड तथा सो कम्पनीका मुख्य व्यक्तिहरू वाङ बो र लिउ सेङचेनमाथि समेत भ्रष्टाचार मुद्दा दायर भएको छ।

आयोगका अनुसार प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम सजाय दिइदिन विशेष अदालतमा मागदाबी गरिएको छ।

पूरा विवरणको लागि यहा क्लिक गर्नुहोस 

Top Post Ad

post bottom ads

Ads Bottom