Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

जेनजी आन्दोलनका बेला केन्द्रीय कारागारबाट फरार व्यक्ति भारतमा मृत अवस्थामा फेला





पुस १२ गते, झापा — जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धारा, काठमाडौँबाट फरार भएका एक व्यक्तिको भारतमा मृत्यु भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार फरार अवस्थामा रहेका बिर्तामोड नगरपालिका–३ का ४० वर्षीय आलम मियाँ भारतमा काम गर्ने क्रममा मृत अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का का अनुसार मियाँ भारतको हिमाञ्चल प्रदेशस्थित एच एण्ड एफ ए पानी प्रशोधित कम्पनी मा काम गरिरहेका थिए। कामकै क्रममा बिहीबार उनी अचानक बेहोस भई लडेपछि उपचारका लागि नजिकैको अस्पताल लगिएको थियो।

तर अस्पतालमा उपचारकै क्रममा सोही दिन उनको मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ। मृतकका आफन्तले कानुनी प्रक्रिया पूरा गरी शनिबार भारतको गलगलिया नाका हुँदै भद्रपुर भन्सारमार्फत शव बिर्तामोड ल्याएका हुन्।

प्रहरीका अनुसार अदालतको फैसलाबमोजिम जबरजस्ती करणी कसुरमा दोषी ठहर भई मियाँ विगत चार वर्षदेखि कैद सजाय भोग्दै आएका थिए। जेनजी आन्दोलनका बेला केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका उनी घर आएका र त्यसपछि रोजगारीका लागि भारत गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता खड्काले जानकारी दिनुभयो।

घटनाबारे थप विवरण संकलन तथा आवश्यक प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom