Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

गोवाको नाइटक्लबमा भीषण आगलागी : २५ जनाको मृत्यु


मङ्सिर २१ गते । भारतको चर्चित पर्यटकीय गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा शनिबार मध्यरात भएको भीषण आगलागीमा २५ जनाको मृत्यु भएको छ। गोवा राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले आइतबार घटनाको पुष्टि गर्दै यसलाई अत्यन्त पीडादायी क्षण रहेको बताएका छन्।

उत्तरी गोवाको अर्पोरा क्षेत्रमा मध्यराततिर सुरु भएको आगलागीमा ज्यान गुमाउनेमध्ये केही पर्यटक पनि रहेको बताइएको छ। मृतकहरूको राष्ट्रियता भने सार्वजनिक गरिएको छैन। प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

गोवा आफ्नो जीवन्त नाइटलाइफ, ऐतिहासिक संस्कृतिसँगै सुनौलो समुद्री किनारका कारण वर्षेनी लाखौँ पर्यटकलाई आकर्षित गर्ने गन्तव्य हो। यस्तै भीडभाडयुक्त स्थानमै रहेको बिर्च नाइटक्लबमा अचानक आगलागी फैलिँदा दर्जनौँ मानिस प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मुख्यमन्त्री सावन्तका अनुसार घटनामा ६ जना घाइते भएका छन्। घटनाको कारण पहिचान गर्न र जिम्मेवार निर्धारण गर्न मजिस्ट्रेट स्तरीय छानबिन समिति गठन गरिएको छ। प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार उद्धारकर्मीहरूले साँघुरो ढुङ्गे सिँढी हुँदै घाइते तथा मृतकलाई स्टेचरमा बोकेर बाहिर निकाल्ने दृश्यहरू प्रशारित भएका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom