Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

तामाकोसी नदी किनारमा मोटरसाइकल खस्दा एकजनाको मृत्यु – एक घाइते



मङ्सिर २१ गते । दोलखाको बैतेश्वर गाउँपालिका–६ बुस्टिस्थित तामाकोशी–मन्थली सडक खण्डमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार बिहान करिब ९ बजे तामाकोशीबाट मन्थलीतर्फ गइरहेको बा ५२ प ४२९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब २०–२५ मिटर तल तामाकोसी नदी किनार नजिकै बगरमा खसेको थियो।

दुर्घटनापछिउद्धार गरिएका दुवैजनालाई पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट पु-याइएकोमा उपचारका क्रममा बैतेश्वर–१ गैरीमुदीका ३० वर्षीय अङ्कितराज उप्रेतीको मृत्यु भएको चिकित्सकहरूले पुष्टि गरेका छन्।

मोटरसाइकलका पछाडि सवार मेलुङ–१ पोवटीका ३० वर्षीय दोर्जे लामा घाइते भएका छन्। उनको बायाँ घुँडा र गर्दनमा चोट लागेको र अवस्था मध्यम रहे पनि बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरी नियन्त्रणमा लिइएको छ। घटना प्रहरी चौकी किराँतीछापबाट करिब ९ किलोमिटर दक्षिणपूर्वमा पर्ने बताइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom