Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

दिपेन्द्र अग्रवाल पक्राउ, अन्य टीएमएस युजर प्रयोग गरी आपसी शेयर खरिद–विक्री


पुस ४ गते । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् ।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार प्रतिवादी अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण तथा भ्रामक सूचना सार्वजनिक गरेका थिए । उक्त सूचना प्रयोग गरी उनले उच्च मूल्यमा शेयर विक्री गर्दै करिब रु. ४९ लाख १९ हजार ८ सय ६५ रुपैयाँ ९० पैसा गैरकानुनी नाफा आर्जन गरेको पाइएको छ ।

जाँचका क्रममा अग्रवालले अन्य टीएमएस युजर प्रयोग गरी आपसी खरिद–विक्री गरेको, आफन्त तथा सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको तथा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । उक्त कार्य धितोपत्र सम्बन्धी ऐनको दफा ९४ (क) र (ख) तथा दफा ९५ बमोजिम झुटो कारोबार तथा मूल्य प्रभावित गर्ने कसूरमा पर्ने बोर्डको प्रारम्भिक निष्कर्ष रहेको छ ।

उक्त प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा जिल्ला मोरङ साविक विराटनगर उपमहानगरपालिका–९ निवासी ४२ वर्षीय दिपेन्द्र अग्रवाललाई मिति २०८२/०९/०४ गते सम्मानित काठमाडौँ जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति प्राप्त भएपछि सोही दिन काठमाडौँ महानगरपालिका–४, चुनदेवी क्षेत्रबाट पक्राउ गरिएको हो ।

अग्रवालमाथि हाल सम्बन्धित निकायबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom