Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

जन मा वि रापाकोट अर्जुनचौपारीमा चेन्ज मेकर क्लबद्वारा विद्यालय स्तरीय हाजिरी जवाफ सम्पन्न





स्याङ्जा । चेन्ज मेकर्स क्लब, जन माध्यमिक विद्यालय अर्जुनचौपारी गाउँपालिकाको आयोजनामा गाउँपालिकाभित्रका माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूबीच अन्तर माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ।

क्लबका अध्यक्ष प्रतीक्षा गुरूको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा पालिकाभित्रका सातवटै विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा अर्जुनचौपारी चिल्ड्रेन एकेडेमी प्रथम, पञ्चकन्या माध्यमिक विद्यालय द्वितीय, घण्टे माध्यमिक विद्यालय तृतीय तथा आयोजक जन माध्यमिक विद्यालय सान्त्वना स्थानमा रहन सफल भए।

कार्यक्रमका प्रमुख अतिथि जन माध्यमिक विद्यालयका प्रधानाध्यापक आत्माराम चपाईंले चेञ्ज मेकर्स क्लबमार्फत विद्यार्थीहरूले सिर्जनात्मक तथा शैक्षिक गतिविधिहरूमा सक्रिय सहभागिता जनाउँदै आएकोमा प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा ज्ञान, सीप र व्यक्तित्व विकासका कार्यक्रमहरू अझ सशक्त रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै विद्यार्थीहरूलाई हौसला प्रदान गर्नुभयो।

कार्यक्रममा क्लबका सल्लाहकार शिक्षक नारायण काफ्लेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पोश सर्कल अध्यक्ष अनिस चापागाईंले गर्नुभएको थियो।

जनरल, बजर, र्‍यापिड फायर र भिडियो गरी चार चरणमा सञ्चालन गरिएको प्रतियोगितामा शिक्षकद्वय चण्डी बस्याल र हिमलाल काफ्लेले सहजीकरण गर्नुभएको थियो।



Top Post Ad

post bottom ads

Ads Bottom