Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

एक वर्षमा नेपालमा प्रेस स्वतन्त्रता हननका १२१ घटना, सबैभन्दा बढी धम्की र दुर्व्यवहार




पुस २८ गते । नेपालमा एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हननका १२१ वटा घटना घटेको तथ्याङ्क सार्वजनिक भएको छ। प्रेस काउन्सिल नेपालले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सन् २०२५ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा काउन्सिलमा दर्ता भएका निवेदन तथा नियमित अनुगमनका आधारमा ती घटनाहरू अभिलेख गरिएको हो।

काउन्सिलका अनुसार उक्त अवधिमा धम्की तथा दुर्व्यवहारका घटना सबैभन्दा बढी देखिएका छन्। तथ्याङ्कअनुसार धम्की र दुर्व्यवहारका ५०, आक्रमण तथा कुटपिटका ३७, पेसागत असुरक्षासम्बन्धी १५, कब्जा तथा अवरोधका नौ, पक्राउ प्रयासका पाँच, शङ्कास्पद मृत्युका दुई, नीतिगत बन्देजका दुई र लैङ्गिक हिंसाको एक घटना अभिलेख भएका छन्।

प्रदेशगत विश्लेषण गर्दा बागमती प्रदेशमा सबैभन्दा बढी ६२ घटना घटेका छन्। त्यसपछि मधेस प्रदेशमा २७, सुदूरपश्चिममा आठ, कोशी प्रदेशमा सात, लुम्बिनी र गण्डकी प्रदेशमा समान ६–६ तथा कर्णाली प्रदेशमा पाँच घटना घटेको काउन्सिलले जनाएको छ।

लैङ्गिक आधारमा हेर्दा एक वर्षको अवधिमा १९० पुरुष र १० महिला गरी २०० जना पत्रकार तथा सञ्चारमाध्यम प्रेस स्वतन्त्रताको प्रयोगमा अवरोधमा परेको देखिएको छ। यसले पत्रकारहरूको सुरक्षाप्रति अझै गम्भीर चुनौती कायम रहेको संकेत गरेको काउन्सिलको निष्कर्ष छ।

यसै अवधिमा प्रेस स्वतन्त्रताको दुरूपयोगका १० वटा घटना समेत अभिलेख गरिएको छ। जसमा बागमती प्रदेशमा पाँच, मधेस प्रदेशमा चार र कर्णाली प्रदेशमा एक घटना घटेका छन्।

प्रेस काउन्सिल नेपालले पत्रकारको सुरक्षा, अभिव्यक्ति स्वतन्त्रताको संरक्षण तथा जिम्मेवार पत्रकारिताको प्रवर्द्धनका लागि सरोकारवाला निकायहरूलाई थप सचेत र सक्रिय हुन आग्रह गरेको छ।




Top Post Ad

post bottom ads

Ads Bottom