Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

बासको विवरण सार्वजनिक भएपछि बालेनले दिपायल छाडे, रातारात सिलगढी प्रस्थान


माघ १६ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको डोटी बसाइ अन्तिम समयमा परिवर्तन भएको छ। बिहीबार साँझ डोटी पुगेका उनी दिपायलमा रात बिताउने कार्यक्रम तय भए पनि त्यहाँ नबसी रातारात जिल्ला सदरमुकाम सिलगढी पुगेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेताहरूले दिपायलस्थित वर्षा होटेलमा बालेनको बासको व्यवस्था मिलाएका थिए। तर तय भएको स्थानमा नबस्दै उनले गन्तव्य परिवर्तन गरे। बालेन दिपायलमा नरोकी सिलगढी पुगेका र त्यहीँ बास बसेपछि शुक्रबार बिहानै अछामतर्फ प्रस्थान गरेका थिए।

बालेन निकट स्रोतका अनुसार, दिपायलमा बास नबस्नुको मुख्य कारण उनी बस्ने होटेल र कोठा नम्बर पहिले नै सार्वजनिक हुनु हो। बालेन डोटी पुग्नुअघि नै सामाजिक सञ्जालमा वर्षा होटेलको कोठा नम्बर ३०४ मा उनको बसाइ तय भएको विवरण फैलिएको थियो।

सुरक्षा र गोपनीयतालाई ध्यानमा राख्दै अन्तिम समयमा निर्णय बदलेर बालेनले बासस्थान परिवर्तन गरेको स्रोतको भनाइ छ।

Top Post Ad

post bottom ads

Ads Bottom