Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ


स्याङ्जा । जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पीडित पक्षबाट प्राप्त जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको प्रहरी टोलीले आरोपित व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको हो।

प्रहरीका अनुसार मिति २०८२ साल ४ महिनाको २५ गते दिउँसो करिब १२ बजे परिवर्तित जिल्ला ४० अन्तर्गतकी ३८ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको भन्ने उजुरी दुई दिनअघि प्रहरीमा दर्ता भएको थियो। उक्त जाहेरीको आधारमा आरोपितको खोजतलास गर्ने क्रममा उनी जिल्ला स्याङ्जा, अर्जुनचौपारी गाउँपालिका वडा नम्बर–०१ मा लुकिछिपी बसेको अवस्थामा फेला परेका थिए।

पक्राउ पर्ने व्यक्ति जिल्ला स्याङ्जा, अर्जुनचौपारी गाउँपालिका वडा नम्बर–०१ माटेथर निवासी ५० वर्षीय सूर्यबहादुर रोका रहेको प्रहरीले जनाएको छ। उनलाई पुस २६ गते साँझ करिब ७ बजे सोही स्थानबाट पक्राउ गरिएको हो।

पक्राउ पश्चात आरोपितविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान अघि बढाउन पुस २८ गते सम्मानित स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रहरीले यस्ता गम्भीर प्रकृतिका अपराधमा संलग्न जो–कोहीलाई पनि कानुनको दायरामा ल्याइने स्पष्ट पार्दै पीडितलाई न्याय दिलाउन सबै कानुनी प्रक्रिया निष्पक्ष रूपमा अघि बढाइने जनाएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom