Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

विदेश पठाउने प्रलोभनमा बेरोजगार युवाबाट ठगी गर्ने तीन जना पक्राउ


विदेश पठाउने प्रलोभनमा बेरोजगार युवाबाट ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ, पुस — आकर्षक तलबको प्रलोभन देखाई बेरोजगार युवायुवतीलाई विदेश पठाउने आश्वासनमा रकम ठगी गरेको आरोपमा तीन जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ।

जिल्ला प्रहरी अनुसन्धानमा पाएको जानकारी अनुसार पीडितहरूले दिएको जाहेरीका आधारमा लामो समयसम्म विदेश पठाउने आश्वासन दिएर रकम उठाई सम्पर्कविहीन बनेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाको विवरण

  • अभिशेष कराला, ३०, रुकुम पश्चिम, मुसिकोट नगरपालिका–१०।

  • हालको ठेगाना: काठमाडौँ, तार्केश्वर–५।
  • आरोप: माल्दिभ्स पठाइदिने भन्दै एक व्यक्तिबाट ३ लाख ४० हजार रुपैयाँ ठगी।
  • पक्राउ मिति र स्थान: सोमबार, काठमाडौँ महानगरपालिका–१२।

  1. सुनिता ईधिङगो लिम्बु, ३७, ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–५।

  • हालको ठेगाना: काठमाडौँ महानगरपालिका–३२।

  • आरोप: युएई पठाइदिने भन्दै एक व्यक्तिबाट १ लाख ५० हजार रुपैयाँ ठगी।
  • पक्राउ मिति र स्थान: सोमबार, काठमाडौँ महानगरपालिका–३२।
  1. चेतनारायण आचार्य, ४६, अर्घाखाँची मालारानी गाउँपालिका–१।

  • हालको ठेगाना: बुढानिलकण्ठ–७, काठमाडौँ।

  • आरोप: बेलायत पठाइदिने भन्दै एक व्यक्तिबाट १३ लाख ६० हजार रुपैयाँ ठगी।
  • पक्राउ मिति र स्थान: सोमबार, काठमाडौँ महानगरपालिका–२६।

प्रहरीका अनुसार प्रत्येक घटनामा एक–एक जना पीडित रहेका छन्।
जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी काजी कुमार आचार्य का अनुसार, घटनाबारे थप अनुसन्धान जारी रहेको छ।



Top Post Ad

post bottom ads

Ads Bottom