Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

त्रिभुवन विश्व विद्यालयद्वारा आंशिक तथा मौका परीक्षाको नतिजा प्रकाशित


माघ २४,

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०८२ साल भाद्र–कार्तिक महिनामा सञ्चालित शिक्षाशास्त्र सङ्गायतर्फ चार वर्षे बि.एड. दोस्रो वर्ष (4 Yrs. B.Ed. II 2081) को आंशिक तथा मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ। केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयअनुसार परीक्षाफल प्रकाशन गरिएको जनाइएको छ।

परीक्षामा सहभागी विद्यार्थीहरूले आफ्नो नतिजा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइट result.exam.tu.edu.np मार्फत हेर्न सक्नेछन्।

परीक्षाफल सकेसम्म त्रुटिरहित बनाउन प्रयास गरिएको कार्यालयले जनाएको छ। यद्यपि छपाइ वा अन्य कुनै प्राविधिक कारणबाट त्रुटि देखिएमा कार्यालयको आधिकारिक अभिलेखका आधारमा आवश्यक सच्याइ गरिने जानकारी दिइएको छ।

विद्यार्थीहरूको लब्धाङ्गपत्र भने सम्बन्धित क्याम्पसबाट वितरण गरिने परीक्षा नियन्त्रण कार्यालयले स्पष्ट पारेको छ।


Top Post Ad

post bottom ads

Ads Bottom