कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय सुनाइएका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन्। विशेष सूचना र निरन्तर खोजतलासका क्रममा प्रहरीले उनलाई कपिलवस्तुबाट नियन्त्रणमा लिएको हो।
मनउल्ला मुसलमानको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा कपिलवस्तु जिल्ला साविक राजपुर गाविस–९ (हाल बुद्धभूमि नगरपालिका–५, मोहम्मदनगर) निवासी इरफान भनिने क्यामुद्दिन मुसलमानलाई ले २०६९ चैत १६ गतेको फैसलामार्फत २० वर्ष कैद (जन्मकैद) सजाय ठहर गरेको थियो। फैसला भएपछि उनी फरार रहँदै आएका थिए।
फैसला कार्यान्वयन अभियानअन्तर्गत तथा को संयुक्त टोलीले मिति २०८२/११/०५ गते मायादेवी गाउँपालिका–१, बर्रोहियामा लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका मुसलमानलाई कैद भुक्तानका लागि कपिलवस्तु जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतको आदेशपछि उनलाई चलान गरिएको प्रहरीले जनाएको छ।
पक्राउ व्यक्तिको विवरण
- नामथर: इरफान भन्ने क्यामुद्दिन मुसलमान
- ठेगाना: साविक राजपुर–९, हाल बुद्धभूमि नगरपालिका–५, मोहम्मदनगर, कपिलवस्तु
- मुद्दा शीर्षक: कर्तव्य ज्यान
- मुद्दा दायर मिति: २०६९/११/११
- फैसला मिति: २०६९/१२/१६
- कैद सजाय: २० वर्ष (जन्मकैद)






