काठमाडौंको टोखाबाट लागूऔषध कारोबारमा संलग्न रहेको आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूबाट खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने २२.१८ ग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।
फागुन०८ गते बिहान करिब १० बजे लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा बाट खटिएको टोलीले टोखा नगरपालिका–९, शिवमन्दिरस्थित एक गेष्ट हाउसमा छापा मारेको थियो। सो क्रममा गेष्ट हाउसको कोठा नम्बर १०३ बाट दुई जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा पर्साको धोवनी गाउँपालिका–२ घर भएका ३५ वर्षीय अरबिन कुमार मेहता र नुवाकोटको बेलकोटगढी नगरपालिका–१ घर भएका २९ वर्षीय निरोज पुडासैनी रहेका छन्।
प्रहरीका अनुसार मोबाइल चार्जरभित्र सेतो प्लास्टिकमा लुकाएर राखिएको अवस्थामा २२.१८ ग्राम खैरो हेरोइन जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको हो। साथै उनीहरूबाट दुई थान मोबाइलसमेत जफत गरिएको छ।
घटनाबारे बाट लागूऔषध कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






