Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा लागूऔषधसहित चार जना पक्राउ, नगद र विभिन्न प्रतिबन्धित पदार्थ बरामद


स्याङ्जा जेष्ठ ५ गते । लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले चार जनालाई लागूऔषधसहित पक्राउ गरेको छ।

मिति २०८३ जेठ ४ गते दिउँसो करिब २ बजे वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुम बाट खटिएको विशेष अपरेशन टोलीले भीरकोट नगरपालिका–२ मा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा वालिङ नगरपालिका–१० का ३० वर्षीय सुविन राना, अर्जुनचौपारी गाउँपालिका–५ का २७ वर्षीय विशाल गुरुङ, भीरकोट नगरपालिका–२ ओसेकका २२ वर्षीय रोशन महत तथा वालिङ नगरपालिका–४ घर भई हाल भीरकोट–२ दीपेन्द्रमार्ग बस्ने ३६ वर्षीय युवराज गुरुङ रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट BUPRENORPHINE १५ एम्पुल, PHENERGAN १ एम्पुल, Diazepam ८ एम्पुल, Tramadol ७ क्याप्सुल, Tramadol ६ ट्याब्लेट, लागूऔषधजस्तो देखिने खैरो डल्लो पदार्थ २० ग्राम, मोबाइल सेट ३ थान तथा नगद ८० हजार ३४५ रुपैयाँ बरामद गरेको जनाएको छ।

घटनामा संलग्न चारै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा स्याङ्जा जिल्ला अदालत बाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom