Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लेक लागेर मुस्ताङमा नौ विदेशीसहित १३ पर्यटकको मृत्यु

मुस्ताङ, जेठ १७ गते । पर्वतीय उच्च भूभागमा देखिने ‘हाइअल्टिच्युड सिकनेस’ (लेक लाग्ने समस्या) का कारण चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म मुस्ताङमा नौ विदेशी नागरिकसहित १३ पर्यटकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिर दर्शनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटकमध्ये उच्च हिमाली क्षेत्रमा लेक लागेर ज्यान गुमाउनेको संख्या बढेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्याल का अनुसार चालु आर्थिक वर्षको साढे १० महिनाको अवधिमा हाइअल्टिच्युडका कारण १३ जनाको मृत्यु भएको छ।

मृतकमध्ये नेपाली पर्यटकतर्फ तीन पुरुष र एक महिला रहेका छन् भने विदेशी पर्यटकतर्फ सात पुरुष र दुई महिला रहेका छन्।

मुस्ताङका उच्च हिमाली क्षेत्र, विशेषगरी मुक्तिनाथ आसपासका स्थानहरू समुद्री सतहबाट उच्च उचाइमा पर्ने भएकाले पर्याप्त अनुकूलन (acclimatization) नगरी यात्रा गर्दा लेक लाग्ने जोखिम रहने चिकित्सकहरूले बताउँदै आएका छन्। प्रहरीले उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा स्वास्थ्य अवस्थाबारे सचेत रहन, पर्याप्त आराम गर्न तथा लेक लाग्ने लक्षण देखिए तत्काल स्वास्थ्य सहायता लिन पर्यटकहरूलाई आग्रह गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom