Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ


बागलुङ । १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बागलुङ नगरपालिका–१३ निवासी २८ वर्षीय बिपिन रोकालाई प्रहरीले पक्राउ गरेको छ।


बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो उनलाई पक्राउ गरेको हो।


प्रहरीका अनुसार घटनासम्बन्धी उजुरी प्राप्त भएपछि अनुसन्धान प्रक्रिया अघि बढाउँदै आरोपितलाई नियन्त्रणमा लिइएको हो।


घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom