काठमाडौं । मठ–मन्दिरमा आगो लगाउने अभिव्यक्ति दिएका जनक परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ घर भएका २७ वर्षीय परियारलाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत समान अधिकार नभए देशभर विद्रोह गर्ने चेतावनी दिँदै मठ–मन्दिरमा आगो लगाइदिने अभिव्यक्ति सार्वजनिक गरेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
उनीमाथि सार्वजनिक शान्ति तथा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न भएको आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।





