धादिङ, वैशाख १६ — धादिङको गजुरी गाउँपालिका–२ डुडेठाटीमा शौचालयभित्र हत्या गरेर फरार भएका दुई जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
गत चैत २४ गते राति ९ः५५ बजे चूडामणि कँडेलको आफ्नै घरभित्रको शौचालयमा हत्या गरिएको घटनापछि फरार रहेका मकवानपुर राक्सिराङ गाउँपालिका–९ निवासी २७ वर्षीय सञ्चलाल मोक्तान र २५ वर्षीय प्रीतिलाल (पृथालाल) थिङलाई मंगलबार इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको हो।
उनीहरूलाई मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित मनहरी बजारबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ।