Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जवरजस्ती करणी गरेको आरोपमा थुनामा रहेका एक जना मृत अवस्थामा फेला


वैशाख २९ गते । जाजरकोट कारागारमा एक थुनुवा झुण्डिएर मृत अवस्थमा फेला परेका छन् । जाजरकोट कारागारमा पुर्पक्षका लागि थुनामा रहेका भेरी नगरपालिका –१० आली बस्ने २७ बर्षिय दिपक बुढा आइतबार दिउँसो १ बजे झुण्डिएर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 


जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी बसन्तकुमार शर्माका अनुसार बैशाख ५ गते जाजरकोट अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका बुढा कारागारभित्र शौचालयको भेन्टिलेसनको सरियामा झुण्डिएर मृत अवस्थामा फेला परेको बताउनुभयो । 


उहाँका अनुसार झुुण्डिएर मृत अवस्थामा भेटिएका थुनुवा जवरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका थिए । अदालतले मृतक बुढाविरुद्धको मुद्दा फैसला हुन बाँकी छ ।


झुण्डिएर मृत्यु भएपछि प्रहरीले घटनाबारे थप अनुसन्धान कार्य भइरहेको बताउनुभयो । प्रहरी प्रमुख डिएसपी शर्माका अनुसार मृतक बुढाको शव पोष्टमार्टमका लागि जाजरकोट अस्पताल पठाइएको छ । पोष्टमार्टमपछि आफन्तलाई शव बुझाइने उहाँले बताउनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom