Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कक्षा १२ को अंग्रेजी प्रश्नपत्र आउट भएको खबर भ्रामक : राष्ट्रिय परीक्षा बोर्ड


वैशाख २१ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अनिवार्य अंग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुअगावै बाहिरिएको भन्दै सामाजिक सञ्जालमा फैलिएको समाचारलाई भ्रामक र निराधार भएको जनाएको छ।

भक्तपुरको एक विद्यालयमा प्रश्नपत्र आउट भएको दाबी सार्वजनिक भएपछि जिल्ला परीक्षा समन्वय समिति, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी र बोर्डका प्रतिनिधिहरूले तत्काल सम्बन्धित परीक्षा केन्द्र पुगेर अनुसन्धान गरेका थिए। छानबिनपछि उक्त खबर सत्य नभएको पुष्टि भएको बोर्डले जनाएको छ।

बोर्डले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, “आज सञ्चालित अनिवार्य अङ्ग्रेजी विषयको प्रश्नपत्र परीक्षा सुरु हुन अगावै निश्चित विद्यालयका विद्यार्थीहरूले प्राप्त गरेको भनी सामाजिक सञ्जालमा राखिएको सूचनाको आधारमा गरिएको छानबिनबाट ती सूचना भ्रामक र गलत भएको पाइयो।”

बोर्डले सामाजिक सञ्जालमा यस्ता झुटा र भ्रम फैलाउने जानकारीहरूमा विश्वास नगर्न सबै परीक्षार्थीहरू, अभिभावक तथा सरोकारवालालाई आग्रह गरेको छ। साथै, अध्ययनमा केन्द्रित भई परीक्षा दिन अनुरोध पनि गरिएको छ।

यसअघि परीक्षाको गोपनीयता भंग भएको भन्ने प्रकारका घटनाले विद्यार्थी, अभिभावक तथा शैक्षिक समुदायमा अन्योलता र आक्रोश सिर्जना गर्ने गरेकाले बोर्डले समयमै स्पष्टिकरण दिएको हो।

Top Post Ad

post bottom ads

Ads Bottom