Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ब्रेक फेल भएर बोलेरो जिप दुर्घटना, चालकसहित ९ जना घाइते



ताप्लेजुङ – ९ जेठ, २०८२
ताप्लेजुङमा बोलेरो जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। मेरिङ्देन गाउँपालिका–६ नाल्बुदेखि सदरमुकाम फुङ्लिङतर्फ गइरहेको बोलेरो जिप सान्थाक्राको साक्फारा भन्ने स्थानमा ब्रेक फेल भएर दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (प्रनाउ) वेदप्रसाद गौतमका अनुसार ज १ च १३१७ नम्बरको बोलेरो जिप शुक्रबार बिहान करिब ११:१५ बजे दुर्घटनामा परेको हो। दुर्घटनामा जिप चालक नाल्बु निवासी २५ वर्षीय साङ्गे शेर्पा घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

जिपमा सवार अन्य घाइतेहरूमा १७ वर्षीया दावा शेर्पा, ६८ वर्षीय भीमकुमार लिम्बू, २४ वर्षीया अञ्जना शेर्पा, २६ वर्षीया छुनु माबो लिम्बू, १७ वर्षीय दावाचुङ्दा शेर्पा, २३ वर्षीया फुर्लामु शेर्पा, ५१ वर्षीय गुबा शेर्पा (सबै मेरिङ्देन–६ नाल्बुका) तथा आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेकी २४ वर्षीया प्रमिला शेर्पा रहेका छन्। घाइतेहरूको टाउको, हात, खुट्टा, चिउँडो र पेटलगायतका अंगहरूमा चोट लागेको छ।

घाइते सबैलाई मेरिङ्देन गाउँपालिकाको एम्बुलेन्समार्फत जिल्ला अस्पताल ताप्लेजुङतर्फ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय चाँगे दोभानबाट प्रहरी निरीक्षक ओमप्रकाश पण्डितको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom