Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त - Brighter Network


जेठ ३ गते, जनकपुरधाम – धनुषा जिल्लाको छिरेश्वरनाथ नगरपालिका–१, रमदैयास्थित वाटरल्यान्ड पार्कमा शनिबार विद्यार्थी र पार्क व्यवस्थापनबीच भएको झडपमा परी दस जना घाइते भएका छन्।


जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जिव यादवका अनुसार, वाटरल्यान्ड पार्कले कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई लक्षित गर्दै विशेष छुटको घोषणा गरेको थियो। सो अफरको फाइदा उठाउँदै शनिबार ठूलो सङ्ख्यामा विद्यार्थीहरू पार्क पुगेका थिए। अत्यधिक भीड बढेपछि पार्क प्रशासनले थप प्रवेशमा रोक लगाएको थियो, जसपछि विद्यार्थी र व्यवस्थापनबीच विवाद चर्किँदै झडपमा परिणत भएको हो।


स्थिति नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी घाइते भएका छन् भने झडपमा संलग्न १० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अवस्था तनावपूर्ण बन्दै गएपछि प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेर भीड तितरबितर गरेको थियो।


विद्यार्थीहरूले सडक अवरुद्ध गरी सवारीसाधन तोडफोड समेत गरेका थिए। ढुङ्गामुढा प्रहारबाट पार्कको मुख्य गेट, छेउका संरचना र सजावटमा क्षति पुगेको प्रहरीले जनाएको छ। क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ।


वाटरल्यान्ड पार्कका प्रबन्ध निर्देशक गुड्डु जैनसँग सम्पर्क गर्न खोज्दा सम्भव नभएको जनाइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom