पोखरा, वैशाख २७ — पोखरा महानगरपालिकाले कक्षा ८ को पुरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शिक्षा महाशाखाले जारी गरेको सूचनामा अनुसार २०८१/०१/२० देखि २०८१/०१/२६ सम्म सञ्चालन गरिएको महानगरस्तरीय परीक्षाको नतिजा प्रकाशित गरिएको हो।
महानगरका विभिन्न विद्यालयका विद्यार्थीहरूको परीक्षा परिणामको विश्लेषणपछि उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूको नामअनुसारको सूचीमा ग्रेड वृद्धि भएको उल्लेख गरिएको छ। नतिजा शिक्षा महाशाखाको कार्यालयले सार्वजनिक गरेको हो।
सूचनामा विद्यालयहरूलाई जानकारी गराउँदै विद्यार्थीहरूको नतिजा विद्यालयको अभिलेखमा समावेश गर्न अनुरोध गरिएको छ।