Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा जिपको ठक्करबाट मृत्यु भएको अज्ञात पुरुषको पहिचान नखुलेपछी समस्या

 

पोखरा, कास्की — पोखरा महानगरपालिका–२५ सुईखेतमा जिपको ठक्करबाट मृत्यु भएको एक पुरुषको हालसम्म पहिचान खुल्न सकेको छैन।

मिति २०८२ साल कार्तिक २ गते साँझ करिब ६:४० बजे सुईखेतमा करिब ४० वर्षको पुरुषलाई जिपले ठक्कर दिएर फरार भएको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

घाइते अवस्थामा भेटिएका ती पुरुषलाई तत्काल उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएकोमा उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मृतकको हालसम्म पहिचान हुन नसकेको हुँदा उक्त व्यक्तिलाई चिन्ने, चिनेका वा आफन्त भएकाहरूलाई नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

मृत पुरुषको विवरण यसप्रकार छ:

  • वर्ण: गोरो
  • शरीर: पातलो
  • उमेर: करिब ४० वर्ष
  • उचाइ: करिब ५.५ फिट
  • कपाल: कालो, केही लामो
  • दारी: पालेको

उक्त व्यक्तिको सनाखतमा सहयोग गर्न इच्छुकले नजिकको प्रहरी कार्यालय वा सम्बन्धित प्रहरी नम्बरमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom