जबरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार, हेटौँडा उपमहानगरपालिका–१० बसपार्क क्षेत्रमा ३१ असोजमा जुवातास खेलिरहेको अवस्थामा ३७ वर्षीय अर्जुन तामाङ (विजय तामाङ) लाई पक्राउ गरिएको हो। उनी २०७४ साउन ११ गते जिल्ला अदालत सिन्धुपाल्चोकबाट जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजायको फैसला भई फरार रहेका थिए।
मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार, पक्राउ परेका तामाङसँगै जुवातास खेलिरहेको ११ जनालाई समेत नियन्त्रणमा लिइएको छ। उनीहरूको साथबाट ११ बुक तास र नगद ६ लाख ६ हजार ३१० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, प्रहरीले मकवानपुर बागमती गाउँपालिका–५ ज्यामिरेका २७ वर्षीय राजेश दर्नाल (हेमन्त परियार) लाई पनि पक्राउ गरेको छ। उनीमाथि ललितपुर, मकवानपुर र काठमाडौंका विभिन्न प्रहरी कार्यालयहरूमा चोरी तथा डाँकासम्बन्धी पाँच वटा मुद्दा दर्ता भएको पाइएको छ।
जुवातास खेल्ने समूहलाई पक्राउ गरी जब सिआरएस चेकजाँच (criminal record system check) गरिएको थियो, त्यस क्रममा तामाङ र परियार दुवै जना अपराध गरेर फरार रहेको तथ्य खुल्न आएको प्रहरीले जनाएको छ।
उनीहरूविरुद्ध थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।




