Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराको मर्दीखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गयो - Brighter Network


पोखरा, जेठ १५। पोखराको मर्दीखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको ज्यान गएको छ। पोखरा महानगरपालिका–२५ स्थित मर्दीखोलाको ड्याममा हिजो दिउँसो पौडी खेल्ने क्रममा माछापुच्छ्रे गाउँपालिका–६, अस्तामका १३ वर्षीय विवश परियार र १४ वर्षीय विशाल परियारको डुबेर मृत्यु भएको हो।


दुबै बालकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो।


घटनाको खबर प्राप्त भएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण, कास्कीबाट खटिएको गोताखोर टोलीले करिब २० फिट गहिराइमा डुबेका बालकहरूको खोजी गरी शव फेला पारेको हो।


गर्मी मौसमसँगै नदी तथा खोलामा पौडी खेल्ने क्रम बढेसँगै डुबेर मृत्यु हुने घटनामा वृद्धि भइरहेको छ। यसप्रति अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूलाई सचेत रहन सुरक्षा निकायले आग्रह गरेका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom