Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रहरी निरीक्षकबीच आपसी झगडामा कुटाकुट भएपछी - Brighter Network


 विराटनगरस्थित एक होटलमा तीनजना बहालवाला प्रहरी निरीक्षकबीच आपसी झगडामा कुटाकुट भएको घटना सार्वजनिक भएको छ। घटना एक साताअघि खानपिनका क्रममा भएको हो, जसमा अन्य सुरक्षाकर्मीसमेत घाइते भएका छन्।


जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका निरीक्षक राजन लम्साल, जिल्ला प्रहरी कार्यालय मोरङका निरीक्षक सरोज खनाल र इलाका प्रहरी कार्यालय रङ्गेलीका निरीक्षक सन्तोष खडका सहभागी उक्त कार्यक्रममा मदिरा सेवनपछि भनाभन हुँदै हात हालाहालको अवस्था पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। झगडाको सुरुआत लम्सालले खनाल र खडकमाथि हातपात गरेर गरेको जनाइएको छ।


झगडा नियन्त्रणमा ल्याउन बोलाइएको प्रहरी टोलीमाथि समेत लम्सालले आक्रमण गरेका थिए। नियन्त्रणपछि लम्साललाई ट्राफिक कार्यालय लगिएको थियो, तर त्यहाँ समेत उनले आक्रामक व्यवहार रोक्न सकेनन्। उनले सहायक हवलदार सन्जय भट्टराईलाई कुट्दा भट्टराईको नाक र मुखबाट रगत बगेको थियो।


यता, रङ्गेलीका निरीक्षक खडका नियमित सरुवाअनुसार हाल काठमाडौँ गइसकेका छन्। घटनाबारे सोध्दा तीनै प्रहरी निरीक्षकले “असामान्य केही नभएको” भन्दै गम्भीर घटनाका रूपमा नहेर्न आग्रह गरेका छन्।


तर, ट्राफिक कार्यालय इटहरीका निरीक्षक विनोद घिमिरेले घटनाबारे जानकारी पाएको र अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा टोली पठाउने बताएका छन्।


घटनालाई प्रहरी संगठनभित्रै दबाउने प्रयास भइरहेको चर्चा चलिरहेको छ। अनुशासनहीन व्यवहारप्रति गम्भीर चासो व्यक्त गर्दै विस्तृत छानबिन र कारबाहीको माग उठेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom