Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संसद्मा प्रस्तुत हुँदै - Brighter Network


 वैशाख १९ – सरकारले आगामी आर्थिक वर्षका लागि तय गरेको नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। संविधानको धारा ९५ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ।


सङ्घीय संसद् सचिवालयका अनुसार बैठक आज दिउँसो ३ः०० बजेका लागि बोलाइएको छ। बैठकको सम्भावित कार्यसूची तय भइसकेको छ भने सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका सांसदहरूलाई दिउँसो २ः४५ भित्र निर्धारित पोशाकसहित आशनग्रहण गरिसक्न आग्रह गरिसक्नुभएको छ।


यसअघि सत्ता गठबन्धनका दलहरूबीच अर्थतन्त्रलाई सक्रिय बनाउने, युवामा आशा जगाउने, सीप विकास, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धन, सरकारको पूँजीगत खर्च बढाउने र सुशासन कायम गर्ने विषयहरूमा केन्द्रित नीति तथा कार्यक्रम ल्याउने सहमति भएको थियो।


सरकारको नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि २८ गतेसम्म छलफल हुने कार्यतालिका तय गरिएको छ। त्यसपछि वैशाख ३० गतेदेखि विनियोजन विधेयक (बजेट) को सिद्धान्त र प्राथमिकताबारे प्रि–बजेट छलफल सुरु हुनेछ।


नेपालको संविधानअनुसार आगामी जेठ १५ गते अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ।

Top Post Ad

post bottom ads

Ads Bottom