Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आमासँगै घरको पिढीमा बसिरहेको ५ वर्षीय बालकको बाघको आक्रमणबाट ज्यान गयो



तनहुँ, जेठ २७ ।
तनहुँको बन्दीपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट पाँच वर्षीय बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार स्थानीय दलबहादुर गुरुङका छोरा उत्सव गुरुङलाई सोमबार साँझ ७ः३० बजे चितुवाले आक्रमण गर्दा गम्भीर घाइते भएका थिए।

घाइते बालकलाई उपचारका लागि बन्दीपुर अस्पताल लगिएको भए पनि साँझ ८ः२० बजे उनको मृत्यु भएको डिएसपी थापाले जानकारी दिनुभयो।

घटनाका बारेमा जानकारी दिंदै बन्दीपुर गाउँपालिका–२ का वडाध्यक्ष तिलबहादुर कुँवरले बालक आमासँगै घरको पिढीमा बसिरहेको बेला चितुवाले अचानक आक्रमण गरेको बताउनुभयो। उहाँका अनुसार बालकलाई लिएर भाग्न खोजेको चितुवालाई परिवारले लखेट्दा चितुवा भागेको थियो।

चितुवाको आक्रमणपछि स्थानीयवासी त्रसित बनेका छन्। वडाध्यक्ष कुँवरले बालकको मृत्युपछि गाउँमा भय व्याप्त भएको र चितुवा नियन्त्रणका लागि सम्बन्धित निकायलाई खबर गरिएको जानकारी दिनुभयो।

जिल्ला प्रहरी कार्यालय तनहुँले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। वन कार्यालय तथा स्थानीय प्रशासनले चितुवाको गतिविधि निगरानी गर्न र सुरक्षा उपाय कडा पार्न पहल थालेका छन्।


📝 ब्राइटर खबरका लागि
✉️ सम्पर्क: editor@brighterkhabar.com
🌐 थप जानकारी: www.brighterkhabar.com



Top Post Ad

post bottom ads

Ads Bottom